राजनीति

उपराष्ट्रपतिको सपथ उपराष्ट्रपतिको सपथ
द्वारिका नेपाल, भरतपुर ५, चैत्र । 
उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष  समारोहमा उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो । उपराष्ट्रपतिले आजै आफ्नो कार्यालयमा पदबहाली गर्ने कार्यक्रम समेत रहेको छ । 
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार जोशी विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 
पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यसअघिको कार्यकालमा शालीन व्यक्तित्वको पहिचान बनाउनुभएको थियो । उहाँ हिजो उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदा उहाँले ईश्वरको नाम शब्द उच्चारण गर्नुभएन ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award