राजनीति

स्वतन्त्र न्यायपालिकाको गरिमा अक्षुण्ण राख्न आग्रह स्वतन्त्र न्यायपालिकाको गरिमा अक्षुण्ण राख्न आग्रह
काठमाडौँ, ३ चैत रासस
नेपाल बार एशोशिएशनले न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्दा नै प्रधानन्यायाधीशको अवधि किटान गरेको अवस्थामा सात महिनापछि थाहा नपाएजस्तो गरी गरिएको पत्राचार वैध नभएको जनाएको छ । 
 
परिष्दका सचिव नृपध्वज निरौलाले गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सम्बोधन गरी सम्प्रेषण गरेको पत्रप्रति असन्तुष्टि जनाउँदै बारले स्वतन्त्र न्यायपालिकाको गरिमा र महत्वलाई अक्षुण्ण राख्न सबैलाई आग्रह गरेको छ । 
 
 
बारका महासचिव खम्मबहादुर खातीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गलत प्रक्रिया र पद्धतिको नजीरबाट विधिको शासन र न्यायिक प्रक्रिया नै अवरोध हुन गई स्वतन्त्र न्यायपालिकाको अस्तित्वमाथि प्रहार हुन सक्ने कुरामा ध्यानाकर्षण गराइएको छ । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award