राजनीति

चार विधेयकलाई सैद्धान्तिक स्वीकृति
पोखरा, ३ चैत रासस 
प्रदेश नं ४ को मन्त्रिपरिषद् बैठकले चार विधेयकलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 
 
मन्त्रिपरिषद्का प्रवक्ता रामशरण बस्नेतले शुक्रबारको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन, वित्तीय समानीकरण, नमूना कर कानून र सार्वजनिक लिखतको प्रमाणीकरण गर्नेसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिनुभयो । बैठकले तीन विधेयक प्रदेशसभामा पेश गर्ने पनि निर्णय गरेको छ ।
 
पेश गरिने विधेयकमा स्थानीय तह गाउँपालिका, नगरपालिका र महानगरपालिकाको सेवा सुविधासम्बन्धी, प्रदेशसभा सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र मन्त्रिपरिषद्को तीसबुँदे आचारसंहितासम्बन्धी विधेयक छन् ।   प्रस्तावित सेवासुविधासम्बन्धी विधेयक अत्यन्त वैज्ञानिक रुपमा तय गरिएको जिकिर उहाँले गर्नुुभयो । ९तस्वीर र श्रव्य सामग्री उपलब्ध छ० 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award