राजनीति

राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछुः अध्यक्ष राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछुः अध्यक्ष
काठमाडौँ, २ चैत रासस
राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ । 
 
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्् । मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।” 
बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै तिमिल्सिनाले आफू सबै राजनीतिक दलको सहमति र समर्थनमा निर्वाचित भएकामा सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 
 
मन कुँडिने व्यवहार नहोस्ः प्रतिपक्ष 
 
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिका आधारमा अघि बढाउने सन्दर्भमा अध्यक्ष आफ्नो पार्टीका सहयोगमा निर्विरोध निर्वाचित भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा दलीय आधारमा होइन सहमतिका आधारमा अघि बढ्न सकोस् । सबै समस्याको गाँठो फुकाउन सक्ने समाधानको थलो बन्न सकोस् । संसद्ले अनास्था गरेका कारण विद्रोहको आवाज उठ्न नपरोस्, यो सदन सहमतिका थलो बन्न सकेमा राजनीति सहज रुपमा अघि बढ्नेछ । प्रतिपक्षको मन कुँडिने व्यवहार कहीँकतैबाट नआओस् ।” 
सत्ताको नेतृत्व गरेको दल नेकपा ९एमाले०का सांसद परशुराम मेघी गुरुङले नयाँ युगको गन्तव्य यही सदनबाट भएको सन्देश प्रवाह गर्न सक्नुपर्ने बताउँदै मुलुकको विविधतालाई सामाजिक एकतामा सुदृढ तुल्याउने कामलाई ऐन कानून निर्माण गरेर जिम्मेवारी पूरा गर्नुपर्छ भन्नुभयो । एमालेकै दिलकुमारी रावलले जनताको अपेक्षानुसार नै जनताले सम्मानपूर्वक बाँच्न पाउने न्यायपूर्ण कानून बनाउन अध्यक्ष अभिभावक बन्न सक्नुहोस् भनी शुभकामना दिनुभयो । 
 
नेकपा ९माओवादी केन्द्र०का कालीबहादुर मल्लले स्थानीय र प्रदेशसभालाई सो सदनसँग जोडेर लैजान आवश्यक रहेको बताउँदै समृद्धिको आन्दोलन राष्ट्रियसभामार्फत अघि बढ्न सकोस् भन्नुभयो । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा नवनिर्वाचित अध्यक्षलाई दलीय आधारमा सदस्यबाट बधाई तथा शुभकामना दिने कार्यसूची थियो । अध्यक्ष तिमिल्सिना गत फागुन ३० गते माथिल्लो सदनका रुपमा राष्ट्रियसभामा सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ४ गते अपराह्न १ बजे बस्नेछ । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award