राजनीति

१९ ऐन संशोधन र तीन ऐन खारेजी माग
काठमाडौँ, २ चैत रासस
काठमाडाँैं विश्वविद्यालयका प्रा सुभाष केसीले सकारात्मक सोच राख्न सकेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । 
 
नेपाल उद्योग परिसंघले आज यहाँ आयोजना गरेको आर्थिक समृद्धिको मार्गचित्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै मुलुक समृद्धिशाली बनाउन पहिले ज्ञान र विकासको पूर्वाधार तयार गर्नुपर्ने जानकारी दिनुभयो । विभिन्न क्याम्पसका प्राध्यापक, अर्थविद्, पूर्वसचिव एवं उद्योगीले मुलुक समृद्ध बनाउन सुझाव दिनुभएको थियो । 
 
नेपाल उद्योग परिसंघ ९सिएनआइ० तथा परिसंघ–प्रबुद्ध परिषद्ले सार्वजनिक गरेको मार्गचित्रमा १९ थान मौजुदा ऐनको संशोधन तथा परिमार्जन र तीन थान खारेज गरी नयाँ बनाउनुपर्ने जनाइएको छ । 
 
उपभोक्ता संरक्षण ऐन २०५४, औद्योगिक व्यवसाय ऐन २०७३, भूमिसम्बन्धी ऐन २०२१, प्रतिष्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३, अन्तःशुल्क ऐन २०५८, खाद्य ऐन २०२३, राजश्व चुहावट ९अनुसन्धान र नियन्त्रण० ऐन २०५२ संशोधन तथा परिमार्जन गर्नुपर्ने माग गरिएको छ ।
 
त्यसैगरी बैंकिङ कसुर तथा सजाय ऐन २०६४, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८, भन्सार ऐन २०६४, मूल्य अभिवृद्धि कर ऐन २०५२, सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० ऐन २०६४, जग्गा प्राप्ति ऐन २०३४, आयकर ऐन२०५८, कम्पनी ऐन २०६३, सार्वजनिक खरिद ऐन २०६३ पहिलो संशोधन र नियमावली २०६४ पाँचौ संशोधन लाई संशोधन गर्न माग गरिएको छ । 
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०१९, कालो बजार तथा केही अन्य सामाजिक अपराध तथ सजाय ऐन २०३२ र निकासी पैठारी९नियन्त्रण० ऐन २०१३ पनि संशोधन गर्न भनिएको छ । तीन थान खारेज गरी नयाँ बनाउनुपर्ने भनिएकामा बोनस ऐन २०३०, पेटेण्ट डिजाइन र टे«डमार्क ऐन २०२२ र एण्टी डम्पिङ ल छन् । 
 
समृद्धिको मार्गचित्र सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा।शंकर शर्माले बाँँँँँँँँझो जमीनको उपयोग, पूर्वाधारको विकास, सुशासनको प्रत्याभूति र स्थिर सरकारको आवश्यकतामा जोड दिनुभयो । 
 
प्रा हिमालय थापाले मुलुकको समृद्धिका लागि सुरक्षा, कूटनीति र सञ्चार क्षेत्रको विकासमा जोड दिनुभयो । प्रा मीनादेवी मल्लले सरकार परिवर्तन हुनासाथ अर्थनीति परिवर्तन हुनाले मुलुक आर्थिक समृद्धिको बाटामा जान नसकेको बताउनुभयो । 
प्रा किशोर थापाले प्रजातान्त्रिक संस्था कमजोर हँुदै गएको, उद्योग खोल्न गाह्रो भएको, राजनीतिक नेतृत्वमा इच्छाशक्ति कमजोर भएको तथा बन्द– हड्ताल– चक्काजामले समृद्धिमा अप्ठेरो परेको बताउनुभयो । पूर्वसचिव पुरुषोत्तम ओझाले व्यापार घाटा कम गर्न कृषि, जलस्रोत, पर्यटन तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award