राजनीति

सरकारले सामाजिक उत्तरदायित्व बहन गर्छ–मन्त्री चुमान
पोखरा, १ चैत,रासस
प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारले सबै किसिमका सामाजिक उत्तरदायित्व बहन गर्ने बताउनुभएको छ । 
 
पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित सितापाइलामा सञ्चालित पोखरा बृद्धाश्रमको २१ औं वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकारका लागि अब सिंहदरबार जाने दिन समाप्त भएको बताउनुभयो । 
 
राज्यको आँखा सबै ठाउँमा पुग्न नसकेकाले नै देशको आमूल परिवर्तनका लागि आन्दोलन भएको स्मरण गर्दै मन्त्री चुवानले समाजको विकासका लागि संघीयताको कार्यान्वयन जरुरी रहेको बताउनुभयो । 
 
वृद्धाश्रमका प्रमुख संरक्षक वसन्तकेशव पराजुलीले जिल्ला वन कार्यालयद्वारा निर्माण गरिएका पक्की भवनबाट शुरु भएको पोखरा वृद्धाश्रममा हाल ५९ वृद्धवृद्धा र ११ जना सेवकसेविका रहनुभएको जानकारी दिनुभयो । 
 
वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीले बृद्धाश्रममा रहेका १३ जना आमाबुबाको नागरिकता नहुँदा राज्यले प्रदान गरेको सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएको हुँदा प्रदेश सरकारबाट सर्वसुलभ तरिकाले नागरिकता उपलब्ध गराइदिन अग्रह गर्नुभयो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award