राजनीति

पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह
काठमाडौँ, १ चैत,रासस
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन पुनः आग्रह गर्नुभएको छ । 
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो । उहाँले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गर्नुभएका डा बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गर्नुभयो । 
 
अध्यक्ष दाहालले भन्नुभयो, “शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।” उहाँले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गर्नुभयो । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 
 
नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअ‍ेपक्षाअनुसार सरकारले काम गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो । कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराउनुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award