राजनीति

राष्ट्रपतिलाई सार्क महासचिवको बधाई राष्ट्रपतिलाई सार्क महासचिवको बधाई
काठमाडौँ, १ चैत,रासस
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित हुनुभएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । 
 
राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गर्नुभएको हो । 
 
पत्रमा नेपालले तीन वटा सार्कका शिखर सम्मेलन आयोजना गरेको स्मरण गर्दै उहाँले सार्कको स्थापनाकालदेखि नै क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । 
 
सार्क प्रक्रियालाई अझ सुदृढ तुल्याउन अध्यक्षका नाताले नेपालबाट निरन्तर सहयोग एवं मार्गनिर्देश हुने आशा महासचिवले पत्रमा व्यक्त गर्नुभएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award