राजनीति

उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी
काठमाडौँ, १ चैत,रासस
प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा ९एमाले०का डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिनुभएको छ । 
 
शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि उहाँहरु दुवैले आज उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो । 
 
डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी हुनुहुन्छ भने भुसालको प्रस्तावकमा डा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । 
 
संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा गौतमले बताउनुभयो । भोलिको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ । 
 
उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुखको निर्वाचत गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा ९माओवादी० केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । 
 
संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतितिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । 
 
त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award