राजनीति

प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त

महेन्द्रनगर धनुषा, २ फागुन,रासस

प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त हुनुभएको छ । 

राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो । 

कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिनुभएको छ । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो–“मधेसी शहीदको सपना साकार भएको छ ।” 

फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले बिहीबार शपथग्रहण गर्नुहुने छ । पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । 

राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनुभएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award