राजनीति

चितवन प्रदेशिक राजधानी हुनुपर्छ –सांसद रिना गुरुङ चितवन प्रदेशिक राजधानी हुनुपर्छ –सांसद रिना गुरुङ
राजु थापा, माघ २८, कालिका
चितवनलाई प्रदेशिक राजधानी बनाउनु पर्नेमा राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले माग गर्नु भएको छ । आईतवार भएको प्रदेश सभामा बोल्दै गुरुङले देश कै उच्चस्तरको स्वास्थ्य र शैक्षिक संस्था हुनु र पर्यटकिय दृष्टिकोणले पनि अग्रणी जिल्ला भएको चितवनलाई प्रदेशिक राजधानी बनाउनु उपयुक्त हुने उहाँको तर्क रहेको थियो । 
 
चितवनलाई प्रदेशिक राजधानी बनाउनु पर्दछ भनि सांसद गुरुङले पहिलो आवाज उठाउनु भएको हो । उहाँले कदमकदाचित हेटौडा नै प्रदेशको राजधानी भएमा चितवनमा केही मन्त्रालय हुनुपर्नेमा जोड दिनु भएको थियो । 
 
यस्तै आईतवारको  सभामा सांसद गुरुङले हेटौडा उपमहानगरले सांसदलाई सहुलियतमा दिने भनेको धडेरी सवै सांसदले लिई सुकुम्वासीहरुलाई सो स्थानमा भवन बनाई हस्तान्तरण गर्नु पर्ने बताउनु भयो । सामाजिक अभियान्त धुर्मूस सुन्तलीको उदाहरण दिदै उहाँेले कुनै दुई ब्यक्तिले यस्तो परियोजना बनाई उदाहरण दिन सक्छ भने १ सय १० सांसदले १ सय १० नै सुकुम्वासीको उद्धार गर्न नसक्ने कारण नभएको उहाले आफनो धारण राख्नु भएको हो । प्रदेश सभाले आईतबार नै उपसभामुखमा राधिका तामाङलाई निर्वाचित गरेको थियो । 

Post Comment

More राजनीति

Special Programs

Kalika Events

  • 12th Music Award