राजनीति

तामाङ उपसभामुखमा निर्विरोध तामाङ उपसभामुखमा निर्विरोध

हेटौँडा, २८ माघ,रासस

प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ । 

उपसभामुख पदको प्रस्तावकमा नेकपा ९एमाले० संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा ९माओवादी केन्द्र० संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो । 

नुवाकोट १ ९क०बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ का हुनुहुन्छ । पार्टीका केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख हुनुहुन्थ्यो । 

यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताउनुभयो । प्रदेश नं ३, प्रदेशसभामा कूल ११० सदस्य हुनुहुन्छ । 

Post Comment

More राजनीति

Special Programs

Kalika Events

  • 12th Music Award