राजनीति

चितवन आएर प्रचण्डले भने “भागवण्डाले बाम गठबन्धनलाई रोकेको होईन” चितवन आएर प्रचण्डले भने  “भागवण्डाले बाम गठबन्धनलाई रोकेको होईन”
 केदार शर्मा कालिका, माघ २६ । 
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदको भागवण्डाले एकतामा ढिलाई नभएको स्पस्ट पार्नु भएको छ । शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एकताको मोडालिटिको अन्तिम रुप बारे छलफल चलिरहेकोले केहीमात्र ढिलाई भएको बताउनु भएको हो । उहाँले एमाले र माओवादी बीच पार्टी एकता बारेमा कुन नेताले के भन्छ भन्ने तर्फ नलाग्न समेत आग्रह गर्नुभयो ।
 विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवन आउनु भएका अध्यक्ष प्रचण्डले भन्नुभयो– “अरु नेताले के भन्छन् भन्ने कुरा छाड्नुस् ।” पार्टी एकता प्रकृया गठवन्धन गरेजस्तो सहज नभएको भन्दैं अध्यक्ष प्रचण्डले पार्टी एकता सकारात्मक दिशामा अघि बढि रहेको बताउनुभयो ।
 
  केपी ओली र प्रचण्डको पद बाँडफाँड नटुंगिएका कारण पार्टी एकता ढिलाई भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भन्नुभयो–‘केपी जीले पनि सबै पद पाउनुभएको छ मैंले पनि सवै पद पाएको छु । पदको समस्या छैन ।’ एमालेले पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति सवै पद मागेको भनेर गरिएको प्रचार गलत भएको प्रचण्डको भनाई छ ।
 
  उता फरक प्रसंगमा अध्यक्ष ‘प्रचण्ड’ले आउँदो फागुनको पहिलो साता नयाँ सरकार बन्ने बताउनुभएको छ । शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ५ गते भित्रमै निर्वाचन आयोगले प्रतिनिधि सभाको सबै परिणाम बुझाई सकेपछि फागुन ६ गते नै नयाँ सरकार बन्ने  औलाउनु भएको हो ।
 
 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award