राजनीति

प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

विराटनगर, २६ माघ,रासस

नेकपा९एमाले० बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । 

संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुभएको हो । 

आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ ९पाँचथर० र तुलसी न्यौपाने ९संखुवासभा० रहनुभएको छ भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की ९झापा० र जगदीश कुशियत९सुनसरी० रहनुभएको छ । 

दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ः३० बजेदेखि मतदान हुने नेकपा९एमाले० मोरङका अध्यक्ष विनोद ढकालले जानकारी गराउनुभयो । प्रदेश नं १ मा नेकपा ९एमाले०को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन् । तीमध्ये २६ मत ल्याउनु हुनेले संसदीय दलको नेता हुनुहुनेछ । 

संसदीय दलकै नेता मुख्यमन्त्री हुने सो पार्टीको विधानमा उल्लेख छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Guff Shop

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award