राजनीति

प्रधानमन्त्रि देवाले आज तीन जिल्लाको आमसभालाई संबोधन गर्ने, संबोधन अघि पाथिभरा देविको दर्शन गर्ने तयारी प्रधानमन्त्रि देवाले आज तीन जिल्लाको आमसभालाई संबोधन गर्ने, संबोधन अघि पाथिभरा देविको दर्शन गर्ने तयारी
रविन भट्टराई÷ताप्लेजुङ
कार्तिक २५,
नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्रि शेरबहादुर देउवाले आज ताप्लेजुङ सहित पुर्वका तीन जिल्लाको चुनावि आमसभालाई संबोधन गर्ने भएका छन् । 
 
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पुर्व निस्किने प्रधानमन्त्रि देउवाले आमसभालाई संबोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथिभरा देविको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेश ताप्लेजुङले जनाएको छ । 
 
विहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यस पछि ताप्लेजुङ सदरमुकाम स्थित तोक्मेडाँडामा आयोजित चुनावि आमसभालाई संबोधन गर्ने कार्यक्रम रहेको कांग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गुरुङले बताए । 
 
तोक्मेको आमसभापछि पाँचथर र सोलुखुम्बुको चुनावि आमसभालाई संबोधन गर्ने बताईएको छ । सभापति देउवासँगै कांग्रेस प्रवक्ता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम रहेको बताईएको छ । 
 
प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, प्रवक्ता खाँण, ताप्लेजुङ प्रतिनिधिसभा उम्मेदवार केशवकुमार दाहाल, प्रदेश सभा उम्मेदवारहरु लीला बोखिम, दीपेन्द्रकुमार सेन्दाङ, समानुपातिक उम्मेदवार प्रतापप्रकाश हाङगाम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award