राजनीति

५ वर्षमा हरेक समस्याको समाधान गर्ने ः– मन्त्री पाण्डे ५ वर्षमा हरेक समस्याको समाधान गर्ने ः– मन्त्री पाण्डे
कालिका, कार्तिक, २४ ।
जनताले निर्वाचीत गराए ५ वर्षमा क्षेत्र नम्बर ३को हरेक समस्याको समाधानन गर्ने वन तथा भु संरक्षण मन्त्री बिक्रम पाण्डेले बताउनु भएको छ ।
 
शुक्रवार चितवनमा श्रीजयकालीका वचत तथा ऋण सहकारीको १६औ साधरण सभालाई संम्बोधन गर्दे क्षेत्र नम्बर ३का प्रतिनिधि सभाका उमेदवार समेत रहनु भएका पाण्डेले यस्तो बताउनु भएको हो । उहाँले यसअधि आफु एक्लैले सो क्षेत्रमा बिकासका कार्यहरु गरेको जनाउदै अहिले नेपाली कांग्रेसको समेत सहगोग रहेकोले कांग्रेसको तेतृत्वमा बिकासका कामहरु गर्ने प्रण गर्नु भएको छ । 
 
 
राप्रापा प्रजातान्त्रिकका उपाध्यक्ष समेत रहनु भएका पाण्डेले लोकतान्त्रिक गठवन्धनले महिला, वालवालिका, सुकुम्बासी, जनजाती र दलितहरुको समस्याको समाधानमा लागी पर्ने विश्वास दिलाउनु भयो । उहाँले आफ्नो क्षेत्रका कच्ची र धुलाम्मे सडकहरुमा कालो पत्रे निर्माण गर्ने बताउदै जनताको चित्त बुझ्ने खालको कार्य गरेर देखाउने दावि गर्नु भयो ।
 
 
साथै उहाँले अहिले आफु वन मन्त्रि भईरहदा चितवनका जनताहरुको लागी धरै कार्यहरु गरीररेको समेत जनाउनु भयो । उहाँका अनुसार माडी आवात जावतमा निकुञ्जमा लाग्ने शुल्क निशुल्क गरीएको छ । आफु  वन मन्त्रि भईरहदा निकुञ्जका सडकमा पर्ने रुखहरु पनि हटाईएको मन्त्री पाण्डेको भनाई छ । जंगली जनावरहरु बाट मानिसमा हुने क्षती कमगर्नको लागी आफुले नारायणी, राप्ती र रीउ खोलामा तटवन्धनको लागी छिट्टै टेण्डर गराउने मन्त्रि पाण्डेले बताउनु भयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award