राजनीति

जिल्ला प्रहरी कार्यलय अर्घाखाँची घेराउ, विदेशबाट सामाजिक संजाल ठुलो आलोचना जिल्ला प्रहरी कार्यलय अर्घाखाँची घेराउ, विदेशबाट सामाजिक संजाल ठुलो आलोचना
बिष्णु कुमार आले कार्तिक २३ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एक युवालाई प्रहरीको लाठीचार्ज बाट घाईते भएको भन्दै स्थानीयले व्यापक बिरोध गरेका छन् । देश ( विदेशबाट सामाजिक संजाल मार्फत समेत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको ठुलो आलोचना भएको छ ।
 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर  २ चुत्राबेशीमा किराना व्यापार गरि बस्ने मुस्लिम समुदायका बाबु छोराको झगडा मिलाउन गएका चुत्राबेसीमा ईलेक्ट्रीकल पसल गर्दै आएका एवम सुपादेउराली केबल नेर्टवकका सञ्चालक दामोदर के।सीलाई प्रहरीको लाठ्ठीचार्ज बाट घाईते भएको आरोप लगाउदै  मध्यरातमा नारावाजी सहित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एकनारायण कोईरालाले राजिनामा दिई जिल्ला छोड्न माग गरेका छन् ।  सामान्य झगडा भएको बेला प्रहरीले अवस्था मथ्थर पार्नुको सट्टा लाठीचार्ज गरेको भन्दै प्रहरी प्रति सन्धिखर्कबासी आक्रोशित भएका छन् ।  इमान्दार  के।सीको टाउकोमा गम्भिर चोट लागेको छ ।
 
गम्भीर घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसक्दा भैरहवा रिफर गरिएको छ । कोईरालाको निर्देशनमा निर्दोष स्थानियबासी माथि प्रहरी लाठीचार्ज भएको उनिहरुको आरोप छ । कोईरालाको राजिनामा नआए सम्म अर्घाखाँची बन्द लगायतका आन्दोलन घोषणा गरिने उनिहरुले चेतावनी दिएका छन् । अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको प्रहरी प्रशासनले निर्दोष मानिसलाई आक्रमण गर्ने, लाठीचार्ज गर्ने, शान्ती खैलाबैला गर्ने काम गरेको भन्दै सयौको संख्यामा उपस्थिती भएका आक्रोशित स्थानियबासीहरुले प्रहरी प्रशासन विरुद्द चर्का नारावाजी गरेका थिए ।
 
लाठीचार्जबाट घाईते भएको विरोधमा निकालिएको प्रदर्शन केही मथ्थर भएपनि आज बिहीवार वार्ता बस्ने र  थप संघर्षका कार्यक्रम तय गरीने उनिहरुले बताएका छन् । उता जिल्ला प्रहरी कार्यालयका प्रमुख एकनारायण कोईरालाले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान हुनेछ । दोषी जो कहि भए पनि कारर्बाही गरिने बताउनु भयो । बाबु छोरा सहित घटनामा संलग्न ८ जनालाई थप अनुसन्धान गर्नको लागी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award