राजनीति

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरुलाई आयोगको निर्देशन निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरुलाई  आयोगको निर्देशन
कालिका, चितवन, कार्तिक २२ ।
निर्वाचन आयोगले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई पुनः निर्देशन दिएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, नगराउन सबै राजनीतिक दलहरुलाई सचेत गराउनु भएको हो । निर्वाचनमा बालबालिकाहरुको प्रयोग भईरहेको गुनासो बढ्दै गईरहेका बेला बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आयोग निर्वाचनमा बालबालिकाहरुलाई प्रयोग हुन नदिन सजग र सचेत रहेको पनि स्पष्ट पार्नु भयो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलका शिर्ष नेतृत्वसँग पटक–पटक आग्रह गरिएको पनि स्मरण गराउनु भयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले जिल्ला जिल्लामा निर्वाचनमा बालबालिका प्रयोग नगर्न सरोकारवाला निकायलाई अभियान नै संचालन गर्न पनि आह्वान गर्नु भयो । उहाँले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर निर्वाचनमा बालबालिका प्रयोग नगर्न अभियाननै संचालन गर्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।
निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिनेगरी विद्यालय र त्यसका अभिभावकसँग सम्बन्धित संघ संस्थासंग विभिन्न अभियान संचालन गर्न पटक–पटक आग्रह गर्दै आएको छ । निर्वाचन आचारसंहितामा पनि निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award