राजनीति

रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन
 
काठमाडौं, असोज २२ । रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन विरोध प्रदर्शन गरिएको छ ।
 
रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् ।
नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् ।
 
विरोध प्रदर्शनको मूख्य थलो सेन्ट पीटर्सबर्गमा झडप हुँदा दर्जनौं गिरफ्तार गरिएको बताइएको छ ।
 
राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका अवसरमा विरोध र्‍याली निकालिएको हो ।
 
विपक्षी नेता नभाल्नीलाई सार्वजनिक बैठक गर्दा मान्नुपर्ने नियम उल्लंघन गरेको भन्दै बीस दिनका लागि जेलमा राखिएको छ ।
रुसी निर्वाचन अधिकारीहरु नभाल्नीको अर्को निलम्बित जेल सजायकै मार्च महिनामा हुने निर्वाचनमा नमाल्नी उम्मेदवार बन्न नपाउने बताइरहेका छन् ।
पछिल्ला महिनाहरुमा रुसभर यात्रा गर्दै चुनावी अभियान चलाउँदै आएका नभाल्नीले पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने र्‍यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।
रुसको दोस्रो ठूलो शहर सेन्ट पीटर्सबर्गको प्रदर्शनीमा करुबि तीन हजार सहभागी रहेको र धेरैले ‘नभाल्नी २०१८’ लेखिएका ब्यानर बोकेका थिए । ९एजेन्सी०

Post Comment

More राजनीति

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award