राजनीति

संघीय समाजवादी फोरम र राजपा नेपालबीच सहकार्य संघीय समाजवादी फोरम र राजपा नेपालबीच सहकार्य
काठमाडौँ, २० असोज (रासस) ः
दलहरुबीच गठबन्धन गर्ने प्रक्रिया जोडतोडले अगाडि बढिरहेका बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ । 
 
ती पार्टीले आज एक विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको जानकारी दिएका छन् । 
 
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिनुभएको हो । 
 
आज दुई पार्टीबीच भएको सहमतिअनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । कुनै पनि गठबन्धनको नाम नलिई दुई पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 
फोरमका अध्यक्ष यादव र राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले गरेको सहमतिअनुसार मधेशी, आदिवासी जनजातिलगायतमाथि भएका सबै प्रकारका विभेदविरुद्ध लड्न सहकार्य गरिनेछ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award