राजनीति

कर्मचारी समायोजन विधेयक पारित कर्मचारी समायोजन विधेयक पारित
काठमाडौँ, २० असोज (रासस) ः
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । 
 
बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले विधेयकका विशेषताका बारेमा जानकारी गराउँदै संविधानको प्रावधान बमोजिम विधेयकमा कर्मचारी समायोजनको व्यवस्था गरिएकाले विधेयक पारित गर्न आग्रह गर्नुभएको थियो । 
 
बैठकमा जीवन परियार, चूडामणि विक जंगली, डिल्लीप्रसाद काफ्ले, मीना पुन, प्रेम सुवाल, रामहरि सुवेदी, रामहरि खतिवडा, रवीन्द्र अधिकारी र रुक्मिणी चौधरीले सबै कर्मचारीले सरकारले खटाएको स्थानमा जानैपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो । कर्मचारीले दलगतरुपमा नभई राष्ट्रियस्तरको एकमात्र टे«ड युनियन बनाउन पाउने प्रावधान विधेयकमा राख्न पनि उहाँहरुले सुझाव दिनुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award