राजनीति

माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर समितिको अध्यक्षमा लामिछाने
पोखरा, २६ भदौ ।
नेकपा माओवादी केन्द्र ,प्रथम पोखरा–लेखनाथ महानगर सम्मेलनले विश्व प्रकाश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गोमा ढकाल, सचिवमा विनय थापा र कोषाध्यक्षमा जनकराज पराजुलीलाई चयन गरेको छ । 
समितिको एक उपाध्यक्ष र दुई जना सदस्यपछि मनोनित गरिने सचिव विनय थापाले बताउनुभयो । 
 
महानगरका ३३ वटै वडाबाट निर्वाचित ८०० प्रतिनिधि सम्मिलित सम्मेलन आइतबार साँझ सकिएको थियो । 
 
पोखराको सस्तो बजारमा शंकास्पद वस्तु फेला 
 
पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । 
 
नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण शुरु गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार शंकास्पद वस्तुलाई निष्कृय बनाउन नेपाली सेनाको एक टोली त्यस ठाउँमा पुगेर अनुसन्धान गरिरहेको छ । एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउँदै गरेका थिए । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award