राजनीति

बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला
पोखरा, २४ भदौ ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । 
 
एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उहाँले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको हो भन्नुभयो । 
 
डा कोइरालाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 
 
सो अवसरमा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने विचार व्यक्त गर्नुभयो । 
 
वडा समन्वय समितिका सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा तुल्सी भट्टराई, निर्मला ढुंगाना, चिनियाँ थापालगायतले बिपीको योगदानमाथि प्रकाश पार्नुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award