राजनीति

भ्रष्टाचारविरुद्धको आन्दोलनमा जोड भ्रष्टाचारविरुद्धको आन्दोलनमा जोड
इनरुवा, २२ भदौ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अगाडि बढाउनका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ । 
 
सुनसरी सदरमुकाम इनरुवामा आज ‘राष्ट्रिय उराँव करम महोत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सुशासन कायम गर्नका लागि विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले भन्नुभयो, “विगतमा राजाविरुद्ध, राणाविरुद्ध र शासकविरुद्धको आन्दोलन भएकामा अब भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक छ । ” 
उहाँले देश विकासका लागि सबै जातजाति, भाषाभाषी र वर्गको कलासंस्कृतिको संरक्षण तथा सबै धर्म र संस्कृतिको सम्मान र विकासमा जोड दिनुभयो । करम महोत्सव संयोजक सूर्यदेव दास उरावँको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला सभापति राजीव कोइरालाले करम महोत्सवका अवसरमा एक दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गर्नुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award