राजनीति

अनेमसंघ चितवनको सम्मान अनेमसंघ चितवनको सम्मान
राजु थापा, साउन २८, कालिका
अखिल नेपाल महिला संघ कान्तीकारी चितवनले भरतपुर महानगरपालिकामा निर्वाचित मेयर र उपमेयरलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । अनेमसंध क्रान्तीकारीका केन्द्रिय महासचिव समेत रहनु भएकी रेणु दहाल भरतपुर महानगरपालिकाको मेयर हुनुभएकोमा बधाई ज्ञापन गर्दै कार्याकालको शुभकामना ब्यक्त गरेको हो । 
बधाई कार्यक्रममा मेयर दहालले प्रतिवद्धता ब्यक्त गर्दै देशका महानगरपािलका मध्य एक मात्र महिला मेयर हुन पाउनु गर्वको कुरा रहेको भन्दै विभिन्न अप्ठारोलाई पार गर्दै  भरतपुर महानगरको मेयर भएकोले यो सम्पुर्ण महिलाहरुको जित भएको बताउनु भयो । उहाँले प्रतिपक्ष दलको खवरदारीले आफुले भरतपुरको विकासमा कार्य गर्दा सर्जक र सचेत हुने मौका पाउने र कार्य सजकता पुर्वक अधि बढाउने बताउनु भयो । चुनौती र अवसर दुवै रहेको भरतपुरमा महिलाहरुको शिर उच्च राख्ने गरि कार्य गर्ने बताउनु भयो ।  
अनेमसंध क्रान्तीकारीकी केन्द्रिय अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्थततामा भएको कार्यक्रममा प्रमुख अतिथिले मेयर रेणु  दहाललाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु , भातृसंगठनका प्रमुख तथा प्रतिनिधि सहित अनेमसंध चितवनका पदाधिकारी सहित सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई अनेमसंध चितवनकी अध्यक्ष संगीता भटट्राईले सभापतित्व गर्नु भएको थियो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award