राजनीति

संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति
काठमाण्डौं, २७ साउन । 
सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको छ । 
सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको हो । बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै आसन्न प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा भाग लिने प्रतिवद्धता पनि जनाएको छ । तत्काल संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति सरकारसँग गरिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता सरदसिंह भण्डारीले जानकारी दिनु भयो । 
बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित गर्न अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको थियो भने राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन विधेयक पारित नभएपनि खेलको नियम अनुसार आउने परिणाम स्विकार गरेर अघि बढने बताएका थिए ।
स्थानीय तहको संख्या बढाउन मिल्ने गरी विहिबार सर्वोच्च अदालतको आदेश आएपछि राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न निर्वाचनमा भाग लिन तयार भएको हो ।
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika Highlights

Started at: 22:00 HRS

Up Next

Badal pariko Desh Bat

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award