राजनीति

जिससमा काँग्रेस–माओवादी गठबन्धन
अर्घाखाँची, २७ साउन ।
जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० गठबन्धनको मात्र उम्मेदवारी परेको छ । 
 
सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गर्नुभएको छ । खुला सदस्यमा माओवादी केन्द्रबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर तथा कांग्रेसबाट शमशेर दिन मियाँको उम्मेदवारी परेको छ । 
 
महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ र लक्ष्मी पौडेल तथा दलित सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य टेकराज गैरेले जानकारी दिनुभयो । मनोनयन दर्तासँगै सबै पद निर्विरोध हुने निश्चित भएको छ । 
नेकपा ९एमाले०ले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएको छैन । निर्वाचन आगामी भदौ १ गते हुँदैछ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kalika Highlights

Started at: 22:00 HRS

Up Next

Badal pariko Desh Bat

Starts at: 22:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award