राजनीति

माओवादी केन्द्र अव समाप्त हुने चेतावनी माओवादी केन्द्र अव समाप्त हुने चेतावनी
काठमाण्डौ, २६ साउन । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अव समाप्त हुने चेतावनी दिनु भएको छ । 
अध्यक्ष ओलीले जीवनतत्व नरहेकाले माओवादी केन्द्र समाप्त हुने अवस्थामा पुगेको दावी समेत गर्नु भयो । माओवादी केन्द्रमा विचार, नीति, उद्देश्य, आर्दश र कार्यक्रम केही पनि नभएको उहाँको आरोप छ । विहिबार पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा माओवादी केन्द्रका दर्जनौ कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि अध्यक्ष ओलीले माओवादी अव केन्द्रमात्रै रहेको टिप्पणी पनि गर्नु भयो । उहाँले आसन्न निर्वाचन पछि माओवादी नामका पात पनि झरेर जाने व्यंग्य पनि गर्नु भयो । अध्यक्ष ओलीले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी पनि गर्नु भयो । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award