राजनीति

मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
काठमाडौँ, २ साउन ।
नेकपा (एमाले) ले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 
 
आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो । 
 
नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले निर्वाचन भइसकेका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइ अविलम्ब अन्त गर्न पनि सुझाव दिएको छ । 
 
एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन सम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर आयोगले गरेको पहल सकारात्मक भएको पनि स्मरण गराएको छ । रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award