राजनीति

नेता जोशीप्रति श्रद्धाञ्जलि नेता जोशीप्रति श्रद्धाञ्जलि
काठमाडौँ, ३० असार ।
नेपाली काँग्रेसका शीर्ष नेताहरुले आफ्ना नेता रामहरि जोशीको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 
 
नेपाली राजनीतिमा गान्धीवादी एवं समाजवादी पुराना नेताको रुपमा चिनिनुभएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो । अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । 
 
पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्व जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । यसैगरी नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत नेता तथा कार्यकर्ताले आफ्ना पुराना नेताको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 
 
विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी विसं २००७ देखि नै नेकाको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेकाका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निष्ठा र आदर्श जीवनपद्धतिको पदचापमा उहाँ अविछिन्न र अविचलितरुपमा लागिरहनुभएको थियो । 
 
आफ्नो जीवनका केही समय उहाँले सर्लाही, हरिऔन, सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता माविका प्रधानाध्यापक रही शिक्षा सेवासमेत गर्नुभएको थियो । राजनीतिमा सक्रिय भएपछि उहाँले विवाहसमेत गर्न भ्याउनुभएको थिएन । वरिष्ठ नेता पौडेलले भन्नुभयो – “जोशीले जीवनभर गर्नुभएको नीति, निष्ठा र आदर्शको राजनीतिलाई भावी पुस्ताले अविछिन्नरुपमा पछ्याउनुपर्छ ।” 
 
जोशीले लेख्नुभएको ‘अँध्यारोबाट उज्यालोतिर’ भन्ने पुस्तक चर्चित रहेको छ । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उहाँ विसं २०४८ र २०५१ मा सर्लाही जिल्लाबाट सांसद बन्नुभएको थियो । साथै विसं २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो । 
 
घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उहाँ ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो । स्व जोशीको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ । रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award