राजनीति

कृषि र पशू कार्यालय चितवनको सार्वजानिक सुनवाई कृषि र पशू कार्यालय चितवनको सार्वजानिक सुनवाई
राजु थापा,  असार २९, कालिका
जिल्ला पशू सेवा कार्यालय भरतपुर र कृषि विकास कार्यालय चितवनले आफनो कार्यालयले आर्थिक वर्ष २०७३–०७४ मा गरेको कार्यहरुको विहिवार सार्वजानिक गरेको छ  । जिल्ला समन्वय समितिको सभाहलमा दुवै कार्यालयले संयुक्त रुपमा कृषकहरु र सरोकारवाला निकायको विचमा कार्यक्रमहरु सार्वजानिक गरेको थियो । 
सार्वजानिक कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाईले चालु खर्च ९८ दशमलव ३२ खर्च भएको र पँुजिगत खर्च ९५ दशमलव ७६ खर्च भएको जानकारी दिनु भएको थियो ।  यस्तै कृषि विकास कार्यालयका प्रमुख सुधिर श्रेष्ठले कार्यालयले गरेको खर्च सहित अनुदानको बारेमा जानकारी गराउनु भएको थियो । 
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्को प्रमुख आतिथ्थततामा भएको सार्वजानिक कार्यक्रममा  प्रमुख भट्टले यस्तो कार्य सम्पुर्ण सरकारी कार्यालयले गर्न जरुरी रहेको बताउनु भएको थियो । कार्यक्रमलाई भष्ट्राचार विरुद्धको अभियान चितवनले सहजीकरण गरेको थियो । कार्यक्रममा दुग्ध कृषक संधको केन्द्रिय अध्यक्ष आनन्द न्युरे सहित पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award