राजनीति

चितवनमा राष्ट्रिय शिवसेना नेपालको नयाँ कार्य समिति
 
राजु थापा, असार ४, कालिका
 
राष्ट्रिय शिबसेना नेपाल पार्टीका  केन्द्रिय अध्यक्ष बिक्रम बहादुर बमले अहिलेको संबिधान खारेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी दिनु भएको छ ।राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कार्यसमिती चितवनले आईतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।  
 
 आगामी मङिसर ४ गतेभित्र अहिलेको संबिधान खारेजगरी ०४७ सालको संबिधान कार्यान्वयन नगरे आगामी माघ २३ गते ससस्त्र धार्मीक युद्ध घोषणा गर्ने उहाँले चेतवानी दिएका हुन् । राष्ट्र र राष्ट्रियता रक्षाका लागी आफ्ना पार्टीका सबै कार्यकताहरु जस्तोसुकै मुल्य चुकाउन पनी पछि नपर्ने उहाँको भनाई थियो  । ९० प्रतिशत सभासदको हस्ताक्षरमा संबिधान जारी भएपनी देशका ९० प्रतिशत जनताले अहिलेको संबिधानलाई अपनत्व नगरेको उहाँको बुझाई छ । 
 
अखण्ड नेपालको बिकल्प नभएको भन्दै उनले  गणातान्त्रिक  संबिधान बाट देशले निकास नपाउने ठोकुवा गर्नुभयो ।अहिलेको संबिधानले धार्मीक,जातिय एंब भौगलीक द्धन्द निमत्याउने उहाँको बुझाई छ ।  अहिलेको स्थानीय निकायको कुनै औचित्य नभएको भन्दै शिबसेनाले स्थानीय निकायको चुनाब बहिस्कार गरेको उहाको भनाई थियो ।  
 
यस्तै आइृतवार नै राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कमिटी चितवनको पुनरगठन गरिएको छ  । चिज कुमार श्रेष्ठको अध्यक्षताामा आगामी ५ बर्ष कार्यकालका लागी नया कार्यसमिती गठन गरिएको हो । नबगठित कार्यसमितीको उपाध्यक्षमा रामराजसिंह ठकुरी,पुजा रिमाल,सचिबमा विश्वराज न्यौपाने,र कोषाध्यक्षमा रामचन्द्र पिया रहेका छन् । त्यस्तै सदस्यहरुमा सानुमाया शाक्य,रुदबहादुर सेन ठकुरी,सिधु पन्त,दिपकसिंह ठकुरी,दिपेन्द्र रेग्मी,श्यामसुन्दर राज बिष्ठ,रहेका छन् । राष्ट्रिय शिबसेना नेपाल पार्टीले हालसम्म देशका ४३ जिल्लामा आफ्नो संगठन बिस्तार गरेको जनाएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award