राजनीति

छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ ः प्रधानमन्त्री छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ ः प्रधानमन्त्री
 
विद्रोही गिरी
नवलपरासी, ६ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले छिट्टै निर्वाचनको मिति घोषणा हुने बताउनु भएको  छ । नवलपरासीको प्रगतिनगरमा आयोजित प्रथम  ऐतिहासिक देवचुली महोत्सवको  शुक्रबार उद्घाटन उहाँले यस्तो कुरा बताउनु भएको हो  । 
 
सरकार र प्रमुख प्रतिपक्ष दल संग चुनावको मिति घोषणा गर्र्ने बिषयमा  सहमति भएकाले सोही अनुसार चाडै नै चुनावको मिति घोषणा हुन्छ  प्रधानमन्त्री प्रचण्डले भन्नुभयो —‘ स्थानीय  तह सहितको  तिनै  तहको निर्वाचनले मात्र संबिधान कार्यन्वयन हुन्छ हामी सबै त्यही स्परिडका साथ अगाडि बढेका छौं’ । ’
 
गणतन्त्र सहितको परिवर्तन संस्थागत गर्नका लागि पनि चुनाव मुख्य कुरा भएकोमा प्रधानमन्त्रीले जोड दिनु भयो ।  सरकारले मधेशी जनजाति, दलित उत्पीडित वर्गका एजेण्डा सकेसम्म सम्बोधन गर्न लागेकाले सबैले चुनावको माहौल बनाउनुपर्नेमा  आग्रह गर्नु भयो । 
 राजनैतिक स्थिरताले मात्र आर्थिक समृद्धिको मागलाई सम्बोधन गर्ने भएकाले राजनैतिक स्थिरताका लागि चुनाव महत्वपूर्ण हो  त्यसमा सबै केन्द्रित हुन म आग्रह गर्दछु  प्रधानमन्त्री प्रचण्डले भन्नुभयो —‘चीन तर्फका  नाका सुचारु गर्न मैले पहलकदमी लिएको छु’ । युवा अबस्था र भूमिगत राजनीतिको सुरुका दिन नवलपरासीमा वितेको भन्दै उहाँले चार नम्बर प्रदेशको नवलपुर क्षेत्रलाई छुट्टै जिल्लाको  रुपमा हेरिएको  बताउनु भयो  ।   
 
यो नवलपुर प्रदेश चार नम्बर प्रदेश भित्रको पनि महत्वपूर्ण क्षेत्र हो । यसको विकासका लागि दलदले—कोखेटारबाट  भिमाद हुदै पोखरा पुग्ने सडक स्तरउन्नितमा मेरो ध्यान जान्छ प्रधानमन्त्रीले भन्नुभयो —‘ साँस्कृतिक बिबिधता भएकाले यहाँको पर्यटन विकास र तराईको फाँटमा सिचाईका कार्यक्रम सञ्चालन गर्न मेरो पुरै ध्यान गएको  छ ’ । 
 
 राजमार्गमा धेरै दुर्घटना हुने भएकाले नवलपुर क्षेत्रमा रहेका प्राथमिक सेन्टरहरुमा ट्रमा सेन्टरको स्थापनामा जोड दिने समेत उहाँले बताउनु भयो  ।  सुकुम्बासीको समस्या हल गर्ने गरी  काम थाल्ने प्रतिबद्धता  उहाँले जनाउनु भयो । 
 
 सोही अवसरमा देवचुली उद्योग बाणिज्य संघको चार कठ्ठा क्षेत्रफलमा निर्मााण हुने चेम्बर भवनको समेत उहाले शिलन्यास गर्नु भएको थियो  ।  कार्यक्रममा जग्गा दान गर्ने तेजप्रसाद न्यौपाने र  लोकप्रसाद भुर्तेललाई सम्मान गरिएको थियो । उहाँहरुले दुई , दुई कठ्ठा क्षेत्रफल जग्गामा दान गर्नु भएको थियो  ।
 
महोत्सवमा रु १० करोडको कारोबार  हुने र  रु ५० लाख नाफा  हुने भएकाले नाफा रकम भवन निर्माणमा खर्च गरी देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष धर्मप्रसाद बस्यालले बताउनु भयो  ।    कार्यक्रममा नवलपरासी क्षेत्र नं. ३ का सांसद कृष्ण पौडेलले बोल्नु भएको थियो । भने जिल्ला स्थित राजनैतिक दलहरुको समेत सहभागीता रहेको थियो  । फोटो छ ।

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award