राजनीति

राप्रपा महाधिवेशन सुरु । राप्रपा महाधिवेशन सुरु ।
काठमाडौँ ,फागुन ६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ। पार्टी अध्यक्ष कमल थापाले भृकुटी मण्डपमा महाधिवेशनको उदघाटन गर्नु भएको हो । काठमाडौंको ५० वटा भन्दा बढि स्थानहरुबाट पार्टीका जनवर्गीय संगठनहरुले निकालेको पदयात्रा महाधिवेशन स्थल भृकुटी मण्डपमा प्रवेश गरीसकेकोे पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाको एकतापछि पहिलो पटक महाधिवेशन आयोजना गरिएको हो । राप्रपाले आर्थिक समृद्धि र विकासलाई महाधिवेशनको मूल नारा बनाएको छ । 
 
महाधिवेशनमा देशभरबाट ३ हजार ५ सय भन्दा बढि प्रतिनिधि एवम् पर्यवेक्षकहरु सहभागी हुने राप्रपाले जनाएको छ । महाधिवेशनले पार्टी नीति र नेतृत्व चयन गर्नेछ । अध्यक्ष कमल थापालाई नै पार्टी नेतृत्वमा निरन्तरता दिने बुधबार शिर्ष तहमा भएको सहमति तोड्दै राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ । पार्टी एकताको भावनाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको उहाँले घोषणा गर्नु भएको छ । राष्ट्रिय अध्यक्ष लोहनीले अध्यक्ष कमल थापाले पार्टीलाई एकपक्षीय ढंगले लैजान खोजेको आरोप पनि लगाउनु भयो । राप्रपाले राजसंस्थाको अनिवार्य आवश्यक्तामा पनि जोड दिएको छ । पार्टीले तयार पारेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकतालाई बलियो बनाउन पनि राजसंस्थाको अनिवार्य आवश्यक्ता भएको उल्लेख गरिएको छ ।
 

Post Comment

More राजनीति

Onair Now Onair Now

OFFLINE

 

Up Next

Farak Drishtikod

Starts at: 08:30 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award