राजनीति

दातृ संस्थाको मिनी कन्फरेन्सका लागि प्रस्ताव दातृ संस्थाको मिनी कन्फरेन्सका लागि प्रस्ताव
काठमाडौँ, ५ फागुन । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्तिप्रक्रिया मौलिक तवरले दलहरुकै सहमतिमा अगाडि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि भ्यालेरी जुलियानासँगको भेटमा उहाँले अन्तर्राट्रिय कानुन र मान्यताको अवलम्बन गर्न सरकार तयार रहेको बताउनुभयो । 
 
प्रधानमन्त्रीले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा खेलेको भूमिका र नेपालको पुनःनिर्माण प्रक्रियामा गरेको सहयोगका लागि संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो । 
 
भेटमा आवासीय प्रतिनिधिले नयाँ सरकार गठनपछि नेपालको पुनःनिर्माण प्रक्रियाले तीव्रता पाएको बताउँदै नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाको ‘मिनी–कन्फरेन्स’का लागि समेत प्रस्ताव गर्नुभएको थियो । सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र सङ्क्रमणकालीन न्यायका विषयमा समेत कुराकानी भएको जनाइएको छ । रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award