राजनीति

एमाले र एमाओवादी सहमतिका आधारमा संविधान बनाउन सहमत
फाल्गुण २९
 
सत्तारुढ नेकपा एमाले र मुख्य विपक्षी एकीकृत नेकपा माओवादी सहमतिका आधारमा संविधान बनाउन सहमत भएका छन् । 
एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा शुक्रबार विहान बसेको सवा तीन घण्टा लामो बैठकमा राजनीतिक र सैद्धान्तिक मतभेदका वाबजुद पनि संविधान निर्माण सबैको साझा दायित्व भएको भन्दै एमाले र एमाओवादी सहमतिका आधारमा संविधान बनाउन सहमत भएका हुन् । दुई दलले संविधानका अन्र्तवस्तुमा सहमतिका लागि विषय केन्द्रीत भएर गहनरुपमा छलफल गर्ने निर्णय गरेका छन् । बैठकमा संविधानका विषयवस्तुमा ठोस सहमति नभएपनि सहमतिबाट संविधान बनाउने र संविधान निर्माणमा अहिले देखिएको गतिरोध जतिसक्दो चाँडो टुंग्याउने बारेमा छलफल भएको एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । 
बैठकमा एमाओवादीले आफ्नो दल प्रदेशको संख्यामा लचिलो रहेको बताएको छ । एमाओवादीले वहुपहिचानलाई स्वीकार गरिए आफू ६ प्रदेश मान्न पनि तयार रहेको बताएपछि एमालेले राष्ट्रिय एकता र अखण्डता कायम रहने तथा साम्प्रदायिक सद्भाव नखल्बलिने गरी प्रदेश बनाउनु उचित हुने जवाफ दिएको छ । एमाले नेता अग्नी खरेलले छलफललाई निरन्तरता दिएर विवाद् टुंग्याउने बताउनुभयो । 
ओली निवासमा विहान ९ बजे सुरु भएको दुई दलबीचको बैठक अपरान्ह सवा १२ बजे सकिएको थियो । ओलीले एमाओवादी नेताहरुलाई आफ्नै निवासमा खाना खुवाउने तयारी गरेपनि एमाओवादी नेताहरुले मानेनन् । यद्यपि, आपसमा आरोप प्रत्यारोप गर्दै आएका एमाले र एमाओवादीका नेताहरुबीचको बैठकलाई निकै सकारात्मक रुपमा लिइएको छ । 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award