राजनीति

जनताको अभिमतलाई रद्दीको टोकरीमा फालेर सहमति हुँदैन–ः मन्त्री रिजाल

इलाम, २९ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनताले दिएको अभिमतलाई रद्दीको टोकरीमा फालेर कुनै पनि दलसँग सहमति हुन नसक्ने बताउनुभएको छ । 


नेपाल प्रेस युनियन इलामले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले जनताले दिएको दुई तिहाई बहुमतलाई आधार मानेर संविधान जारी हुने बताउनुभयो । 

उहाँले १२ बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौतासम्म आइपुग्दा सहमतिका साथ अघि बढिरहेकाले अहिले पनि सहमतिबाटै निकास खोज्न लागिरहेको छ भन्नुभयो । 

विपक्षी दलसँग आज वार्ता हुने र त्यो वार्ताबाट वर्तमान गतिरोध अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । एमाओवादी र मधेसवादी दलका कारण माघ ८ मा संविधान बन्न नसकेको उल्लेख गर्दै मन्त्री रिजालले विपक्षी दल पनि केही लचक भए सहमति हुन्छ भन्नुभयो । 

अब केही दिनमै पत्रकार र पत्रकारिताको विकासका लागि आमसञ्चार नीति ल्याउने तयारी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिले छलफलको विषय बनेको छ, सबै सञ्चार माध्यमले दिएको सल्लाह र सुझावका आधारमा सरकारले आमसञ्चार नीति ल्याउँछ ।” रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award