राजनीति

विपक्षीदलसँग छलफल गरी निकास निकाल्न सभामुखको आग्रह
काठमाडौँ, २७ फागुन ।
संविधानका विवादित विषयमा सहमति जुटाउन सत्तापक्षका नेता तथा प्रधानमन्त्री सुशील कोइरालाबाट विपक्षी दलहरूसँग छलफल गरी निकास निकाल्न सभामुख सुवास नेम्वाङले आग्रह गर्नुभएको छ । 
अधिवक्ता केदार दाहालद्वारा लिखित ‘कानुनको व्याख्या’ विषयक पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले संविधानका विवादित विषयमा दलहरूलाई सहमति गर्न दिएको समय पनि २७ दिन बितिसकेकोे जानकारी गराउँदै लामो समयसम्म देश यथास्थितिमा रहन नसक्ने बताउनुभयो ।
 
संविधानसभालाई अनन्तकालसम्मका लागि स्थगित गर्न जोड दिँदै सभामुख नेम्वाङले जतिसक्दो चाँडो सहमति जुटाई संविधानसभा सुचारु गरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । 
 
सभामुख नेम्वाङले भन्नुभयो, “दलहरूले सहमति गर्न चाहेमा चार विषयमा सहमति जुटाउन धेरै समय लाग्दैन, अब देशले धेरै पर्खन सक्दैन ।” 
 
छिटो सहमति गर्नुस् भनेर बारम्बार भन्दा सहमतिको प्रयास भइरहेको र दुई घण्टामै सहमति बन्ने भन्ने तर सहमति नबन्ने अवस्था आउनु दुःखद् भएको भन्दै उहाँले संसार परिर्वतन गर्न सक्ने दलका नेताहरूले सहमति गरी निकास निकाल्नु आग्रह गर्नुभयो । 
 
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले कानुनका बारेमा अध्ययन गर्नका लागि पुस्तक अत्यन्तै उपयोगी भएको बताउनुभयो । 
 
पुस्तकका लेखक अधिवक्ता दाहालले कानुनको व्याख्याका बारेमा बुझन् र अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले आफूले पुस्तक लेखेको जानकारी दिनुभयो । ९श्रव्य सामाग्री उपलब्ध छ० रासस 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award