राजनीति

पार्टी एकिकरणको प्रक्रिया औपचारिक रुपमा अघि बढ्यो ।
काठमाडौँ ,फागुन २७।
 
सैद्धान्तिक रुपमा दुई फरक विचारको प्रतिनिधित्व गर्ने राप्रपा नेपाल र राप्रपाले पार्टी एकिकरणको प्रक्रिया औपचारिक रुपमा अघि बढाएका छन् । 
 
गणतन्त्र र संघीयताको पक्षधर राप्रपा तथा गणतन्त्र र संघीयताको कट्टर विरोधी राप्रपा नेपालले वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि भन्दै पार्टी एकिकरणको औपचारिक प्रक्रिया अघि बढाएका हुन् । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकिकरणका विषयमा बुधबार वार्ता भएको छ । राप्रपा नेपालको संसदीय दलको कार्यालयमा भएको वार्तामा राप्रपा नेपालका ८ तथा राप्रपाका सात नेता सहभागी थिए ।
 
 दुई दलले वार्तामार्फत एकिकरण प्रक्रिया अगाडि बढाउने सम्बन्धमा  टिओआर बनाएका छन् । पहिलो चरणको वार्ताकै क्रममा दुवै दलका नेता पार्टी एकिकरण हुनेमा धेरै आशावादी देखिएका छन् । दुवै पार्टीका वार्ता टोलीका संयोजकहरुले दुई पार्टीको सैद्धान्तिक धरातल फरक भएपनि आपसमा धेरै कुरामा समानता रहेको भन्दै चाँडै नै पार्टी एकिकरण हुने दाबी गरेका छन् । 
 
एकीकरणको प्रक्रियामा रहेका दुई दलका नेता नौ वर्षअघि एउटै पार्टीमा थिए । तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा सरकारमा सहभागिताको विषयलाई लिएर विवाद् भएपछि तत्कालिन गृहमन्त्री कमल थापाले २०६२ साल पुस २६ गते राप्रपा टुक्र्याएर राप्रपा नेपाल गठन गर्नुभएको हो ।
 
अहिले संविधानसभामा राप्रपा नेपालसँग २५ जना तथा राप्रपासँग १३ जना सभासद् छन् । एकिकरण प्रक्रिया अगाडि बढाएका राप्रपा र राप्रपा नेपाल दुवैमा चर्को असन्तुष्टि छ । राप्रपामा संस्थापन पक्षको विरुद्धमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पक्षले समानान्तर गतिविधि गर्दै आएको छ भने राप्रपा नेपालमा पनि असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय समिति नै बनाएको छ । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award