राजनीति

सहमतिको सरकार गठनका लागि तयार ः मन्त्री सिंह
भीमदत्तनगर, २७ फागुन ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिमा संविधान निर्माण हुने भए काँगे्रस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार रहेको बताउनुभएको छ । 
 
नेपाल प्रेस युनियन डडेल्धुराले मङ्गलबार साँझ गरेको पत्रकार सम्मेलनमा उहाँले सहमतिमा संविधान जारी गर्नका लागि काँग्रेस लागिपरेको बताउनुभयो । 
 
सहमतिको प्रयास अझै जारी रहेको भन्दै मन्त्री सिंहले सहमति नभए प्रक्रियाबाटै भए पनि संविधान जारी गरी छाड्ने ठोकुवा गर्नुभयो । 
 
प्रक्रिया बिर्सिदा पहिलो संविधानसभा विघटन भएको बताउँदै उहाँले त्यस्तो गल्ती यो पटक पनि गर्न नसकिने धारणा राख्नुभयो । 
 
मन्त्री सिंहले संविधान निर्माणका लागि सबै दल एक हुन आवश्यक रहेकोसमेत औँल्याउनुभयो । रासस 
 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award