- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
संवादलाई निरन्तरता दिन राष्ट्रपति यादवको अध्यक्ष दाहाललाई आग्रह
काठमाडौँ, २६ फागुन । राष्ट्रपति डा रामवरण यादवले आन्दोलनकारी शक्ति मिलेर सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।
आन्दोलनकारी शक्तिका बीचमा संवाद र सहमतिको आवश्यकता रहेकामा जोड दिँदै राष्ट्रपति डा यादवले यतिखेर आन्दोलनले कोही कसैको हित नगर्नेमा अध्यक्ष दाहाललाई सचेत गराउनुभएको थियो ।
राष्ट्रपति डा यादव र एमाओवादी अध्यक्ष दाहालबीच आज भएको टेलिफोन संवादमा राष्ट्रपतिले दलहरु मिलेर अगाडि बढ्नुपर्ने र त्यसमा शान्ति सम्झौताका हस्ताक्षरकर्ताको हैसियतले एमाओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो ।
“सहमतिका आधारमा संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पु¥याउन र वार्ता तथा संवादलाई अगाडि बढाउन राष्ट्रपतिले एमाओवादी अध्यक्षलाई आग्रह गर्नुभयो,” राष्ट्रपति र अध्यक्ष दाहालबीच भएको टेलिफोन वार्तालाई उद्धृत गर्दै एमाओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणि खड्काले राससलाई जानकारी दिनुभयो ।
सत्तारुढ दल सकारात्मक वार्ताको पक्षमा नरहेको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज दोस्रोचरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइरहेको बेला राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको हो ।
दलहरुबीच सार्थक संवाद हुनुपर्ने, विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने र सबैले अपनत्व गर्ने संविधान निर्माण हुनुपर्ने भनाइ अध्यक्ष दाहालको रहेको स्वकीय सचिव खड्काले बताउनुभयो ।
राष्ट्रपति डा यादवले पछिल्लो दिन दलहरुबीच संवाद सुरु भएकामा खुसी व्यक्त गर्दै निरन्तर सो प्रक्रियालाई अगाडि बढाउन र केही दिनभित्रै सहमति गर्नसमेत अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।
यसैबीच, एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनको बैठक आजै बसी मुलुकको पछिल्लो राजनीतिक अवस्था, दलहरुबीच सुरु भएको संवाद, दोस्रोचरणको आन्दोलनलगायतका विषयमा छलफल गरिने पनि खड्काले जानकारी दिनुभयो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





