राजनीति

देशलाई निकास जनतालाई विकास चाहिएको छ ः पौडेल
परासी, २६ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशलाई निकास र जनतालाई विकास चाहिएको बताउनुभएको छ । 
 
नवलपरासीको गैँडाकोटमा आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सहमतिको नाउँमा देशलाई बन्दी बनाउन नसकिने बताउनुभयो । अब सहमति र सम्झौताको नाउँमा समय धेरै फाल्न नहुने भन्दै उहाँले सबैको हित कसरी हुन्छ त्यसैमा रहेर संविधान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
संयुक्त राष्ट्रसङ्घको निर्णयमा समेत भिटोको प्रयोग हुने भन्दै उपसभापति पौडेलले लोकतन्त्रको अभ्यासलाई भुलेर अमूर्त सहमति खोजेर समय खेर फाल्न नहुने बताउनुभयो । 
 
आज बिहान विपक्षी मोर्चाको बैठकमा भड्काउखालको निर्णय नगर्न आफूले टेलिफोनबाट दाहाललाई भनेको जानकारी दिँदै उहाँले अबको एक दुई दिनभित्र वार्तामा बसेर सहमति खोजिने छ भन्नुभयो । उहाँले दाउन्ने यता गैँडाकोटसम्मलाई गण्डक प्रदेशमा राख्नुपर्ने पनि बताउनुभयो । रासस 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award