राजनीति

प्रधानमन्त्री कोइरालासँग फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको भेट
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री सुशील कोइरालासँग आज बिहान मधेसी जनाधिकार फोरम, नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । 
 
कुनै सहयोगी नराखी दुई नेताबीच भएको वार्ता करिब एक घन्टा चलेको थियो । 
 
वार्ता दलहरुबीचको संवाद, संविधान निर्माण, संविधानसभाको बैठकलगायत मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ । 
 
प्रधानमन्त्रीसँगको भेटवार्ता सम्पन्न भएपछि फोरम नेपाल ९लोकतान्त्रिक० का अध्यक्ष गच्छदारले वार्ता निकै सकारात्मक भएको र वार्ताबाटै सहमति कायम गर्ने प्रधानमन्त्री कोइरालाको प्रयास सार्थक हुने बताउनुभएको थियो । 
 
प्रधानमन्त्री कोइरालाले सोमबार एनेकपा ९माओवादी० का अध्यक्ष दाहालको नेतृत्वमा रहेको मोर्चामा आबद्ध सबै राजनीतिक दल र सम्बद्ध नेतालाई वार्ताबाटै सहमति बनाउन सकिन्छ भन्ने कुरामा भरोसा गर्न आग्रह गर्दै अहिले बनिरहेको संवाद, सहमति र वार्ताको वातावरणमा योगदान पु¥याउन आह्वानसमेत गर्नुभएको थियो । 
 
प्रधानमन्त्री कोइरालाले जनताले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासको चाहना राखेको हुनाले आपसी वार्ता, संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट संविधान निर्माणसहित मुलुकका समस्याको समाधानमा सहमति कायम गर्न सबै राजनीतिक दललाई निरन्तर आग्रह गर्दै आउनुभएको छ । रासस

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award