राजनीति

एजेण्डामा सहमति नभए सम्म काम अगाडि बढ्दैन ः पौडेल
विद्रोही गिरी, नवलपरासी, २५ । फागुन । नेपाली काँग्रेसका उपसभापति  रामचन्द्र पौडेलले  सग्रग एजेण्डामा समहति नभए सम्म  राजनैतिक सम्वाद समितिमा फर्कन नसक्ने बताउनु भएको छ । समग्र कुरामा समहति भए यताउता कहाँ पठाउने हो त्यो हुन्छ त्यसो हुन नसके जनादेशका आधारमा संबिधान जारी हुन्छ पौडेलले भन्नुभयो –‘  सहमतिको  प्रयास गछौं  भएन भने अलमलमा नपरी मस्यौदा  तयारी हुन्छ’ आज  कावासोतीमा नेपाल प्रेस युनियन नवलपरासीले पत्रकार सम्मेलनमा बोल्दै  उपसभापति पौडेलले  भन्नुभयो–‘सहमतिमा नआए प्रतिवेदन चाँडै मस्यौदा समितिमा पठाउछौं त्यो विपक्षिले बिरोध गर्न नमिल्ने गरी  हुन्छ ।’
 
सत्तापक्ष सहमतिका लागि गम्भीर भएकाले पुरानो पूर्वाग्रहबाट छलफल शुरु नहुने  र जनताले चाहे अनुसारको संबिधान जारी गर्न खुल्ला दिलले छलफल गछौं । तनहुँको भेटमा प्रचण्डलाई अबको आन्दोलन सुरुङ्ग होइन् वार्ताको हुनुपर्ने सल्लाह दिएकाले जनताले चाहे अनुसारको सहमतिको संबिधान जारी हुने बिश्वास गर्नु भयो  । संक्रकमणकाललाई टुङ्गाउन संबिधान जारी गर्ने हो त्यसका लागि सबै दललाई संग संगै लिएर जान्छौं । 
 
नेपाली काँग्रेसको अबको महाधिवेशनले संबिधान जारी गर्न कुनै ढिलाई नहुने भन्दै काँग्रेसले महाधिबेशन कुर्र्यो भन्ने कुरा गलत भएको उहाँले बताउनु भयो  । देशभरिबाट एक हजार दुई सय समावेशी प्रतिनिधिहरु सहभागी हुने भएकाले आफू त्यसको दौडाहामा भएको पौडेलले बताउनु भयो ।  

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award