- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
राजनीति
दलबीच टुटेको सम्बन्ध जोडियो
काठमाडौँ, २३ फागुन । भावी संविधानका अन्तर्वस्तुका विषयमा दलका बीचमा ४८ दिनदेखि टुटेको सम्बन्ध आजदेखि औपचारिक रुपमा जोडिएको छ ।
गत माघ ५ गते मध्यरातमा संविधानका अन्तर्वस्तुमा पुनः छलफल गरी सहमति गर्ने कि प्रक्रियामा लैजाने भन्ने विषयमा सत्तासाझेदार दल र एकीकृत नेकपा ९माओवादी०ले प्रतिनिधित्व गरेको ३० दलका बीचमा कुरा नमिल्दा संविधानसभाभित्र तोडफोड भएपछि दलबीचको सम्बन्ध चिस्सिएको थियो ।
सत्तासाझेदार दल नेपाली काँग्रेस, नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९माले० लगायत केही साना दल प्रक्रियाका लागि अगाडि बढेका थिए भने ३० दल आन्दोलनमा ओर्लिएका थिए । विशेष गरी प्रधानमन्त्री सुशील कोइरालाको विशेष आग्रहमा ३० दलका नेता माघ ५ पछि पहिलो पटक संविधान लेखनका विषयमा औपचारिक वार्तामा आज बस्नुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी दलका नेताले बैठकपछि एकै स्वरमा सञ्चारकर्मीलाई भन्नुभयो, “सहमतिमा संविधान लेखन गर्ने विषयमा दलहरुका बीचमा टुटेको सम्बन्ध आजको वार्तादेखि जोडिएको छ, यो सम्बन्ध टुट्दैन ।”
नयाँ संविधानमा व्यवस्था गरिने राज्यको पुनःसंरचना ९सीमाङ्कन, नामाङ्कन, सङ्ख्या० शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दलहरुका आआफ्नै अडानका कारण माघ ८ मा नयाँ संविधान जारी भएन । “विवादित विषयमा सहमतिमा पुग्न आजको बैठकले नयाँ अध्यायको सुरुआत गरेको छ, नयाँ शिराबाट वार्ता, छलफल निरन्तर हुन्छ”, उहाँहरुले भन्नुभयो ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भन्नुभयो, “वार्ताको वातावरण आंशिक रुपमा बनेकाले वार्तामा बसेका हाँै, अब सहमतिमा संविधान लेखन कार्य अगाडि बढाउन नयाँ शिराबाट वार्ता अगाडि बढ्नेछ ।”
निरन्तर वार्तामा बस्ने सहमति
सो छलफल तीन घन्टा चलेको थियो । जुन विन्दुमा असहमति भई गत माघ ५ को वार्ता भाँडिएको थियो त्यही विन्दुमा छलफलको सुरुआत नभए पनि अब निरन्तर वार्तामा बस्ने सहमति भएको जानकारी काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले दिनुभयो । उहाँले भन्नुभयो, “वार्ता आरम्भ भयो, यो निरन्तर रुपमा अगाडि बढ्छ, विवादित विषयले छिट्टै निकास पाउँछ ।”
एमालेका महासचिव ईश्वर पोखरेलले संविधानका अन्तर्वस्तुमा कसरी सहमति खोज्ने भन्ने कुरा अबका वार्ताले दिशाबोध गर्ने र आजको वार्ताले नयाँ सुरुआत गरेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण बैठकमा अनुपस्थित हुनुभएको जानकारी दिनुभयो ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखनका विषयमा दलहरुका बीचमा टुटेको सम्बन्धलाई आजको वार्ताले पुनः जोड्ने काम गरेको बताउनुभयो । उहाँले वार्तामा विवादित अन्तर्वस्तुका विषयमा छलफल नभए पनि अन्तर्वस्तुमा वार्ताका लागि प्रारम्भ भयो भन्नुभयो ।
काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले दलहरुका बीचमा संविधान लेखनका विषयमा चिस्सिएको सम्बन्ध पुनः जोडिएको र सहकार्य, सहमति र एकताले संविधान लेखन कार्य पूरा हुने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठी संविधान लेखन कार्य अगाडि वढ्छ ।”
बैठकमा प्रधानमन्त्री एवं काँगे्रस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल र महामन्त्री सिंह, एमालेका उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेल, एमाओवादीका अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारलगायत नेताको सहभागिता थियो । रासस
Post Comment
More राजनीति
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
- काँग्रेस केका बैठक वैशाख ७ गते बस्ने
- ओली–प्रचण्ड भेटवार्ता
- सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता
- उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
- व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने ः नेता खनाल
- मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





