राजनीति

डेढ महिनापछि दलहरु वार्तामा बस्दै
काठमाडौं, फागुन २३ 
 
डेढ महिनापछि मुख्य राजनीतिक दलहरु आज औपचारिक वार्तामा जुट्दैछन् । बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीच वार्ता हुने नेताहरुले बताएका छन् । वार्तामा संविधान निर्माणको विषयमा छलफल हुनेछ । संविधानका विवादित विषय सहमतिबाटै हल गर्ने भन्दै दलहरु फेरि छलफलमा जुट्न लागेका हुन् ।
 
संविधानसभामा बहुमतीय प्रक्रिया सुरु भएपछि एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा आन्दोलनमा छ । बहुमतीय प्रक्रिया खारेज हुनुपर्ने मोर्चाको माग छ । दलहरुबीच सहमतिको वातावरण बनाउन भन्दै संविधानसभामा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
 
आजको वार्तालाई परिणामुखी बनाउने नेताहरुको दावी छ । माघ ८ मा संविधान बन्न नसकेपछि दलहरुबीचको दूरी बढेको थियो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award