राजनीति

अग्रगामी संबिधान बन्दैनः गुरुङ

विद्रोही गिरी ।

नवलपरासी, २२ फागुन ।

नेकपा–माओवादीका सचिव देव गुरुङले सबिधानसभाबाट अग्रगामी संबिधान बन्ने भन्दै गर्न माग गर्नु भएको छ । संबिधान सभाको निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीले  संबिधान सभा बिघटनगरेर सर्बपक्षीय राजनैतिकसभा हुनु पर्ने बताउउदै आएको अबस्थामा गुरुङले यस्तो माग गर्नु भएको हो  ।

नवलपरासीको गैडाकोटमा नेकपा–माओवादी नवलपरासीद्धारा आयोजित कार्यकर्ता भेटघाटमा नेता गुरुङले पहिला सरकारले गोलमेचसभाको नाममा झारा टार्ने काम बताउदै अव सार्थक सर्बपक्षीय राजनैतिकसभा गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनैतिक सभाबाट मात्र जनआन्दोलन र जनयुद्धका उपलब्धि रक्षा गर्न सकिने दावी गर्दै उहाले बर्तमान सबिधानसभाबाट अग्रगामी संबिधान बन्ने नसक्ने भएकोले बिघटन गर्नुपर्ने धारणा राख्नुभयो । आदिवासी, जनजाति, मधेशी, दलित मुष्लिम र पिछडिएको वर्ग क्षेत्र लागि माओवादी लागि परेको जिकिर गर्दै उहाले सरकारसंग भएका बिभिन्न संम्झौता कार्यान्वयनका लागि समेत सर्बपक्षीय राजनैतिकसभा आवश्यक रहेको बताउनुभयो ।

उहाले राष्ट्रियताको रक्षाका लागि राष्ट्रवादीहरुको एकता आवश्यक रहेको बताउदै सर्वपक्षीय राजनैतिकसभा संयुक्त राष्ट्रिय सरकारबाट मात्र निकास निस्कने बताउनुभयो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award