राजनीति

भारत नेपालको शान्ती प्रकृया पुरा भएको हेर्न चाहन्छः डा. भट्टराई
तिलक गाउंले २२ फागुन 
एकिकृत नेकपा माओबादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले भारतीय जनता र भारतका प्रगतिशिल शक्ति नेपालको शान्ति प्रक्रिया पुरा भएको हेर्न चाहेको बताउनुभएको छ ।
 
अन्तराष्ट्रिय बिमानस्थल काठमाण्डौ नखुलेपछि भारतको लखनउ हुंदै नेपालगन्ज आईपुग्नुभएका डाक्टर भट्टराईले नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय जनता नेपालको परिवर्तनको पक्षमा रहेको बताउनुभयो । 
 
उहांले आफ्नो भारत भ्रमणले नेपालको गौरब बढाएको दाबी गर्दै नेपाली राजदुताबासमा बसेर आफुहरुले भारतीय नेताहरुलाई भेटगर्न बोलाएको जानबारी दिनुभयो ।  समानान्तर सत्ताको हैसियतले छिमेकि शक्तिहरुलाई मध्यस्तता गर्न आह्वान गर्नु जायज भएको बताउंदै उहांले आफ्नो समानान्तर सत्तालाई मान्यता दिएरै संयुक्तराष्टसंघ र छिमेकि शक्तिले शान्ति प्रक्रियामा सहयोग गरेको उल्लेख गर्नुभयो ।
 
भटराईले टनकपुर बेचेर मालामाल हुने भ्रम बांड्नेहरु जनताले अधिकार माग्दा राष्ठियताको भुत जगाएर सत्ता टिकाउने गरेको उहांको दाबी गर्नुभयो । नेपालको बिबाद अग्रमन कि पश्चगमन भन्ने नै भएको बिषयमा आफुले भारतीयहरुलाई बताएको उहांको भनाई छ । बर्तमान अवस्थालाई युद्धबिरामको अवस्थाको तुलना गर्दै भट्टराईले सहमती कायम नभए फागुन २६ गते संघर्षको दोस्रो चरणको कार्यक्रम घोषणा हुने समेत बताउनुभयो ।
 
भट्टराईले भारतमा भाजपाका पुर्व अध्यक्ष मुरली मनोहर जोशी , भाकपा माक्र्सबादी प्रकाश कारत , कांग्रेस आईका नेता तथा पुर्व बिदेश मन्त्री सलमान खुर्सिद लगायतका नेताहरुसंग भेटबार्ता गर्नुभएको थियो । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award