राजनीति

विपक्षी मोर्चा औपचरीक वार्तामा बस्न तयार
काठमाण्डौँ फागुन २२ ।
 
सत्तारुढ दल र विपक्षी मोर्चाबीच भोलि औपचारिक वार्ता हुने भएको छ । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्षबीच वार्ता गर्ने सहमति भएको हो ।
 
प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेका एकीकृत माओवादीका अध्यक्ष दाहालले सत्तारुढ दलस“ग वार्ता गर्न विपक्षी मोर्चा तयार रहेको जानकारी गराएपछि वार्ताको समय तय भएको हो । एकीकृत माओवादी अध्यक्ष दाहालले सत्तारुढ दलस“ग वार्ता गर्ने ३० दलीय मोर्चाले गरेको निर्णयबारे प्रधानमन्त्री कोइरालालाई जानकारी दिनुभएको थियो ।
 
सत्तारुढ दल सहमतिबाटै संविधान जारी गर्न तयार भएपछि विपक्षी मोर्चा पनि वार्ताका लागि तयार भएको हो ।

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award