राजनीति

जेठ १५ मा संबिधान जारी गर्ने गरी सहमति गरौ – नेता नेपाल जेठ १५ मा संबिधान जारी गर्ने गरी सहमति गरौ – नेता नेपाल
गोकुल बानियाँ
पोखरा २२ फागुन ।
 
नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले आगामी जेठ १५ मा संबिधान जारी गर्ने गरी सहमतिको साथ अघि बढ्नुपर्ने खाचो औल्याएका छन् । 
 
प्रेस चौतारी गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सहमतिको लागि ढिला हुदै गए अन्य शक्तिहरुको चलखेल झन् बढ्दै जाने र प्राप्त सबै उपलब्धि गुम्ने खतरा औल्याए । 
 
अन्तिम मितिको रुपमा मानेर जेठ १५ गते संबिधान जारी गर्ने काममा जुट्न उनले आग्रह समेत गरे । राजतन्त्रबादी शक्तिहरु चलवलाईरहेका बेला गणतन्त्र घोषणा भएको महत्वपूर्ण दिनको रुपमा  जेठ १५ संबिधान जारी गर्ने उपयुक्त दिन हुने उनको धारणा छ । 
 
देश भित्र होस् वा बाहिर कसैले पनि धमिलो पानीमा माछा मार्ने काम नगर्न आग्रह गर्दै नेता नेपालले  सहमतिको लागि जति ढिलो भयो त्यतिनै बिभिन्न खालका शक्तिहरुको चलखेल बढ्दै जाने बताए ।  
 
‘ अहिलेको समय बिश्वास आर्जन गर्ने समय हो, अबिश्वासलाई हटाउने, असमझदारीलाई समाधान गर्ने समय हो । संबिधान निर्माणको कार्यभार प्रतिको जिम्मेवारी महशुस गर्ने समय हो ।’ नेता नेपालले भने ।  सहमतिलाई उच्चतम प्रथामिकता दिनुपर्नेमा उनले जोड दिएका छन् । 
 
संबिधानसभामा जारी बहुमतिय प्रक्रिया अघि नबढे सरकारबाट बाहिरिने पार्टी बैंठकबाटै भएको निर्णयप्रति उनले असहमति जनाएका छन् । अहिले सरकारबाट बाहिरिने र सरकार परिवर्तनको कुनैपनि संभाबना नरहेको उनले स्पष्ट पारेका छन् । 
 
संबिधान निर्माणलाई केन्द्रमा राखेर जाने पक्षमा एमाले रहेको भन्दै उनले स्थानिय चुनाब पनि यहि सरकारले गराउनुपर्ने बताए । उनले ढुक्क भएर सरकार सञ्चालन गर्न प्रधानमन्त्री शुसिल कोईरालालाई आग्रह समेत गरेका छन् । 
 
यद्यपी उनले पार्टीबाट सरकारमा गएका केहि मन्त्रीहरुका कुकर्मबाट वाक्क दिक्क भएको भने खुलाए । पार्टीमा उपमहासचिब घनश्याम भुषालले नोट अफ डिसेन्ट लेखेको प्रति उनले सहमति जनाएका छन् । 

Post Comment

More राजनीति

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award